Kathmandu Press

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी विजयी

गएराति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहले खेलको १३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी विजयी

काठमाडौं, वैशाख २४ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी विजयी भएका छन् ।

गएराति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहले खेलको १३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै लिभरपुलले ३५ खेलमा ६२ अङ्क जोडेको छ । लिभरपुल पाँचौं स्थानमा रहेको छ।

अर्को खेलमा चेल्सीले बर्नमाउथलाई ३–१ गोलले हरायो । चेल्सीका कोनर गल्लाघर, बेनोइट बाडियाशिले र जोआ फेलिक्सले गोल गरे । बर्नमाउथका माथियास भिनाले एक गोल फर्काए । जितसँगै चेल्सीले ३४ खेलमा ४२ अङ्क जोडेको छ । चेल्सी ११ औँ स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले लिड्स युनाईटेडलाई २–१ गोलले हराएको हो । सिटीको जितमा इल्के गुन्डोगानले दुई गोल गरे । लिड्सका रोड्रिगो मोरेनोले एक गोल फर्काए । 
 
प्रकाशित मिति: ०८:३२ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्