Kathmandu Press

पोखरा स्पोर्टस् अवार्ड : करण र सावित्रा सर्वोत्कृष्ट, सुवास उदीयमान खेलाडी

शनिबार पाेखरामा अयोजित अवार्डमा पुरुषतर्फ करण र महिलातर्फ सावित्रा सर्वोत्कृष्ट बनेका हुन्।
पोखरा स्पोर्टस् अवार्ड : करण र सावित्रा सर्वोत्कृष्ट, सुवास उदीयमान खेलाडी

कास्की, वैशाख २३ : पोखरा स्पोर्टस् अवर्डामा क्रिकेट करण केसी र फुटबलर सावित्रा भण्डारी सर्वोत्कृष्ट घोषित भएका छन्। शनिबार अयोजित अवार्डमा पुरुषतर्फ करण र महिलातर्फ सावित्रा सर्वोत्कृष्ट बनेका हुन्।

सर्वोत्कृष्ट पुरुष खेलाडी बन्ने क्रममा करणले करणसँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्कालाई पछि पारे। पछिल्लो समय नेपाली राष्ट्रिय टिमले प्राप्त गरेको सफलतामा बाग्लुङमा जन्मिएका करणको भूमिका महत्वपूर्ण छ।

यस्तै, महिलातर्फको सर्वोत्कृष्ट खेलाडी बनेकी सावित्राले आर्चरीकी रोजिना थापामगर, तेक्वान्दोकी सुस्मिता थापामगरलाई पछि पारिन् । हाल भारतमा व्यवसायिक फुटबल खेलिरहेकाले सावित्रा अवार्ड समारोहमा उपस्थित थिइनन्।

यस्तै, क्रिकेटका सुवास भण्डारीले उदीयमान खेलाडीको अवार्ड प्राप्त गरे। नेपाललाई यू–१९ विश्वपकमा छनोट गराउन अलराउन्ड सुवासको भूमिका महत्वपूर्ण थियो । उनी गण्डकी प्रदेशको यू–१९ टिमको कप्तान पनि हुन्। यो विधानमा फुटबलका सुमित श्रेष्ठ र भलिबलका रवि केसी पनि मनोनयनमा थिए।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटनामा परी मृत्यु भएका खेलाडी २८ वर्षीय निसिम थापालाई कीर्तिशेष सम्मान प्रदान गरियाे। थापाको प्रतियोगिताकै क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा गत असोज ३० गते थापाको मृत्यु भएको थियो ।

यस्तै, लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका प्रशिक्षक विद्याप्रसाद मर्सानी सम्मानित भए भने वर्ष उत्कृष्ट प्रशिक्षक आर्चरीका किशोरकुमार गुरुङ सम्मानित भए । वर्ष उत्कृष्ट खेलकुद संस्थाको अवार्ड कास्की जिल्ला ह्यान्ड बल संघले प्राप्त गरेको छ।

प्रकाशित मिति: १९:५१ बजे, शनिबार, वैशाख २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्