Kathmandu Press

अञ्जन विष्टको ह्याट्रिकमा चर्च बोइजकाे जित

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार च्यासल मैदानमा भएको खेलमा अञ्जनको ह्याट्रिक मद्दतमा चर्च बोइजले न्युरोड टिम (एनआरटी)माथि ४–१को सानदार जित निकाल्यो।
अञ्जन विष्टको ह्याट्रिकमा चर्च बोइजकाे जित

काठमाडाैं, वैशाख २३ : स्ट्राइकर अञ्जन विष्टको ह्याट्रिक मद्दतमा चर्च बोइज युनइटेड विजयी भएको छ।

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार च्यासल मैदानमा भएको खेलमा अञ्जनको ह्याट्रिक मद्दतमा चर्च बोइजले न्युरोड टिम (एनआरटी)माथि ४–१को सानदार जित निकाल्यो।

यो जितसँगै यसै सिजन ए डिभिजन लिगमा बढुवा भएको चर्च बोइज शीर्ष स्थानमा उक्लिएको छ। १५ खेलमा ७ जित र ६ बराबरी खेलेको चर्च बोइज २७ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो। एनआरटी १७ अंकसहित १०औं स्थानमा छ।

चर्च बोइजको जितमा अञ्जनको ह्याट्रिकसँगै सुशील शाहले गोल गरे। एनआरटीका दिपेश आलेमगरले गोल गरेका थिए। खेलमा पहिलो हाफमा १ र दोस्रो हाफमा ४ गोल भएको थियो।

४०औं मिनेटमा सुशीलको गोलमा खेलमा चर्च बोइजले सुरुआती अग्रता लियो। पहिलो हाफ १–०मै सकियो। ५२औं मिनेटमा अञ्जनले चर्च बोइजको अग्रता दोब्बर बनाए। ६०औं मिनेटमा अञ्जनले ले नै टिमलाई ३–०को अग्रता दिलाए।

८५औं मिनेटमा गोल गर्दै यो सिजनको आफ्नो पहिलो ह्याट्रिक पुरा गरे। उनले पेनाल्टीमा गोल गरेका थिए। इन्जुरी समयमा दीपेशले एनआरटीका लागि सान्त्वना गोल गरे।

प्रकाशित मिति: १८:१३ बजे, शनिबार, वैशाख २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्