मनाङ र सातदोबाटोले खेले बराबरी
शनिबार दशरथ रंगशालामा भएको खेलमा मनाङ सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो। लिगमा लागतार ६ खेल हारेको मनाङले पछिल्ला २ खेलमा ४ अंक जोड्न सफल भएको छ।
काठमाडाैं, वैशाख २३ : लिगको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी बराबरीमा रोकिएको छ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा मनाङ सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो। लिगमा लागतार ६ खेल हारेको मनाङले पछिल्ला २ खेलमा ४ अंक जोड्न सफल भएको छ।
योसँगै उसको रेलिगेसन दबाब कम भएको छ। प्रतिस्पर्धात्मक खेल दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्। बराबरीसँगै युवा प्रशिक्षक विष्णु गुरुङ मनाङमा आफ्नो प्रशिक्षण यात्रा थालेका छन्।
उनी २ दिनअघि मात्र २ वर्षका लागि मनाङको प्रशिक्षक नियुक्त भएका थिए। यस बराबरीसँगै सातदोबाटो २३अंकसहित तेस्रो स्थानमा उक्लिएको छ भने मनाङ १९ अंकसहित नवौं स्थानमै छ।
प्रकाशित मिति: १७:५० बजे, शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार