नियमित चिया पिउनेको स्वस्थ हुन्छ मस्तिष्क
नियमित चिया पिउनेहरूको मस्तिष्क स्वस्थ हुन्छ। नयाँ अनुसन्धानले चिया नपिउनेको तुलनामा उनीहरूको संज्ञानात्मक क्षमता स्वस्थ हुने देखिएको छ।
“चियाले मस्तिष....
नियमित चिया पिउनेहरूको मस्तिष्क स्वस्थ हुन्छ। नयाँ अनुसन्धानले चिया नपिउनेको तुलनामा उनीहरूको संज्ञानात्मक क्षमता स्वस्थ हुने देखिएको छ।
“चियाले मस्तिष्कको संरचनामा सकारात्मक प्रभाव पार्ने हाम्रो अनुसन्धानले देखाएको छ। नियमित चिया पिए उमेरसँगै मस्तिष्कको क्षमता घट्दै जाने क्रममा सुरक्षा दिने देखिएको छ,” नेसनल युनिभर्सिटी अफ सिंगापुरको योङ लू लिन स्कूल अफ मेडिसिनस्थित मनोवैज्ञानिक औषधि विभागका सहायक प्राध्यापक फेङ लेले भने।
पुराना अध्ययनल पनि चियाले स्वास्थ्यलाई फाइदा पुर्यापउने देखिएको छ। यसले मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोग पनि रोकथाम गर्न सहयोग गर्दछ। वास्तवमा, सन् २०१७ मा गरिएको एउटा अध्ययनले उमेर बढ्दै गएपछि संज्ञानात्मक क्षमता घट्ने क्रम दैनिक चिया पिउने गरे ५० प्रतिशतले घट्ने देखाएको छ। सो अध्ययनको नेतृत्व पनि फेङले नै गरेका थिए। अध्ययनको निष्कर्षसँगै फेङ र उनको टोलीले चियाले मस्तिष्कको सञ्जालमा पार्ने प्रत्यक्ष प्रभावबारे थप अनुसन्धान गरे।
अनुसन्धान टोलीले ६० वर्ष र त्योभन्दा धेरै उमेर भउका ३६ जना वयस्कको अध्ययन गरेका थिए। टोलीले उनीहरूको स्वास्थ्य, जीवनशैली र मनोवैज्ञानिक अवस्थाबारे तथ्याङ्क संकलन गरे। सहभागीहरूले न्युरोसाइकोलोजिकल परीक्षण र एमआरआई पनि गरे। अनुसन्धान सन् २०१५ देखि २०१८ सम्म चलेको थियो।
सहभागीहरूको संज्ञानात्मक कार्यसम्पादन र एमआरआईको नतिजा विश्लेषण गर्दा करिब २५ वर्षसम्म कम्तिमा साताको चार पटकसम्म ग्रिन टी, उलोङ वा कालो चिया खानेहरुको मस्तिष्क बढी प्रभावकारी रूपमा अन्तरसम्बन्धित भएको निष्कर्ष निस्कियो।
“सडकलाई उदाहरण मानौं। मष्तिष्कका क्षेत्रलाई गन्तव्य मानौं। ती क्षेत्रबीचको सम्बन्धलाई सडक हुन्। सडक प्रणाली व्यवस्थित भए सवारीसाधन र यात्रुले सहज रूपमा ओहोरदोहोर गर्न सक्छन् र उनीहरूले श्रोत पनि कम प्रयोग गर्छन्। त्यसरी नै मष्तिष्कका क्षेत्रको संरचना व्यवस्थित हुँदा सूचना सम्पादन पनि प्रभावकारी हुन्छ,” फेङले भने।
अघिल्ला अध्ययनहरूमा चिया पिउनेहरूको संज्ञानात्मक क्षमता चिया नपिउनेको तुलनामा राम्रो हुने देखिएको छ। “मस्तिष्कको सञ्जालसम्बसन्धी हाम्रो पछिल्लो अध्ययनमा नियमित चिया पिउनाले अन्तरक्षेत्रीय सम्पर्कको बाधा रोकथाम गरेर मस्तिष्कको संगठनमा सुधार ल्याउने देखिएको छ,” उनले भने।
संज्ञानात्मक कार्यसम्पादन र मस्तिष्कको संगठन एकअर्कासँग सम्बन्धित छ। स्मरण शक्तिजस्ता कार्यसम्पादनलाई बुझ्न थप अनुसन्धान आवश्यक छ। उमेर ढल्किदै जाँदा घट्ने संज्ञानात्मक क्षमता सुरक्षित राख्न गर्नुपर्ने कार्यबारे पनि जानकारी हुनेछ। संज्ञानात्मक क्षमता घट्नुमा चिया र चियामा हुने बायोएक्टिभ कम्पाउण्डको प्रभावबारे अध्ययन गर्ने फेङ र उनको टोलीको योजना छ।
अनुसन्धानको प्रतिवेदन एजिङ नामक जर्नलमा प्रकाशित छ। युनिभर्सिटी अफ एस्सेक्सस र युनिभर्सिटी अफ क्याम्ब्रिजले गरेको अनुसन्धान पनि त्यसमा समावेश गरिएको छ।
विफोरम डट ओआरजी