Kathmandu Press

खुमलटारले जावलाखेललाई हरायाे

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेललाई एफसी खुमलटारले जावलाखेललाई ४-२ गोल अन्तरले हराएको हो। खुमलटारको जितमा स्टेफेन समिरले ह्याट्रिक गोल गरे।
खुमलटारले जावलाखेललाई हरायाे

काठमाडाैं, वैशाख २२ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लबलाई एफसी खुमलटारले पराजित गरेको छ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेललाई एफसी खुमलटारले जावलाखेललाई ४-२ गोल अन्तरले हराएको हो। खुमलटारको जितमा स्टेफेन समिरले ह्याट्रिक गोल गरे।

मेसुके ओलुमोउको नाममा एक गोल रह्यो। जावलाखेलका विनोद केसीले एक गोल फर्काए। रोहित सुब्बाले एक आत्मघाती गोल गरे।

खेलको २० औं मिनेटमा स्टेफेनले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए। ४२ औं मिनेटमा खुमलटारका रोहितले आत्मघाती गोल गर्दा खेल १–१ को स्थितिमा रह्यो।

पहिलो हाफको इन्जुरी समयमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २–१ को अग्रता दिलाए। ५१ औं मिनेटमा स्टेफेनले ह्याट्रिक पूरा गर्दा खुमलटार ३–१ ले अघि रह्यो। इन्जुरी समयको तेस्रो मिनेटमा विनोदले गोल गर्दै जावालाखेललाई ३–२ को स्थितिमा ल्याए।

त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई ४–२ को जित दिलाए। खुमलटारको यो पाँचौं जित हो। खुमलटारले १५ खेलमा १७ अंक जोडेको छ। जावलाखेलको १५ खेलमा २४ अंक रहेको छ। 

प्रकाशित मिति: १७:४३ बजे, शुक्रबार, वैशाख २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्