टोटनह्यामले भित्र्यायो डच विंगर
काठमाडौं, माघ १५ : इंग्लिस क्लब टोटनह्यामले डच विंगर स्टेभन बर्गविजनलाई भित्र्याएको छ।
२२ वर्षीय बर्गविजनलाई टोटनह्यामले नेदरल्यान्ड्सकै क्ल....
काठमाडौं, माघ १५ : इंग्लिस क्लब टोटनह्यामले डच विंगर स्टेभन बर्गविजनलाई भित्र्याएको छ।
२२ वर्षीय बर्गविजनलाई टोटनह्यामले नेदरल्यान्ड्सकै क्लब पिएसभी इन्डहोभनबाट २७ मिलियन पाउण्डमा ल्याएको हो। बर्गविजनले टोटनह्यामसँग पाँच वर्षे सम्झौता गरेका छन्।
अब उनी सन् २०२५ को अन्त्यसम्मको टोटनह्याममा रहेन छन्। उनी टोटनह्याममा २३ नम्बरको जर्सीमा देखिने छन्। बर्गविजनले टोटनह्याममा ह्यारी केनको स्थान लिने छन्। ह्यामस्ट्रिङ इन्जुरीका कारण केन लामो सयम मैदान बाहिर रहने भएपछि प्रशिक्षक जोसे माउरिन्होले बर्गविजनलाई ल्याएका हुन्।
बर्गविजन १७ वर्षको उमेरमा पिएसभीमा आबद्ध भएका थिए। त्यसयता उनले १४९ खेल खेल्दै ३१ गोल गरेका छन् भने ४१ असिस्ट पनि गरेका छन्। यो सिजन उनले पिएसभीबाट २९ खेल खेल्दै ६ गोल गरेका छन्।
सन् २०१८ अक्टोबर ३ मा युइएफए नेसन्स कप अन्तर्गत जर्मनीविरुद्धको खेलमार्फत बर्गविजनले नेदरल्यान्ड्सको राष्ट्रिय टिममा डेब्यू गरेका थिए। त्यसयता उनले राष्ट्रिय टिमबाट ९ खेल खेलका छन्।