Kathmandu Press

अख्तियार आयुक्त पाठकलाई कारवाही हुनुपर्छ : पौडेल

दमौली, फागुन ५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले घूस लिएको खुलेपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण ....

अख्तियार आयुक्त पाठकलाई कारवाही हुनुपर्छ : पौडेल

दमौली, फागुन ५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले घूस लिएको खुलेपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई कारवाही हुनु पर्ने बताएका छन् ।

आज तनहुँको दमौलीमा संचारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताए । “भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकमाथि कडा कारवाही हुनुपर्दछ,” पौडेलले भने ।

देश विकासको बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै यसमा संलग्नलाई कारवाही गर्न सरकार अग्रसर हुनुपर्ने बताए । विकासका लागि सुशासन र शान्ति सुरक्षा पहिलो शर्त भएकाले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

संसद्मा कांग्रेसको भूमिका प्रभावकारी नभएको उनको गुनासो थियो । कांग्रेसको वर्तमान कार्यसमितिको म्याद थप्ने अधिकार कसैलाई नभएको जिकिर गर्दै तोकिएकै समयमा महाधिवेशन हुनु पर्ने बताए ।

प्रकाशित मिति: १२:१२ बजे, आइतबार, फागुन ५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्