Kathmandu Press

विष्णु गुरुङ बने मनाङको मुख्य प्रशिक्षक

गुरुङले राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको सहायकका रुपमा पनि काम गरेका छन्।
विष्णु गुरुङ बने मनाङको मुख्य प्रशिक्षक

काठमाडाैं, वैशाख २१ : विष्णु गुरुङ मनाङ मर्स्याङदी क्लबको मुख्य प्रशिक्षक बनेका छन्। मनाङले युवा प्रशिक्षक गुरुङलाई २ वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

लिगमा लागतार ६ हार बेहोरोपछि मनाङमाथि रेलिगेशन दबाब परेपछि मुख्य प्रशिक्षक किरण श्रेष्ठले अघिल्लो साता क्लब छाडेका थिए। बुधबार आर्मीविरुद्ध प्राप्त १–०को जितमा मनाङले मुख्य प्रशिक्षम बिनै खेलेको थियो।

मनाङको प्रशिक्षक बनेपछि गुरुङले मनाङबाट खेल्ने सपना पुरा नभए पनि प्रशिक्षक बन्न पाउँदा खुसी लागेको बताएका छन्। उनले भनेका छन्, ‘मनाङका लागि खेल्ने सपना थियो, अहिले त्यही क्लबको प्रशिक्षक बन्न पाउँदा खुसी छु।’

एफसी खुमलटारको टेक्निकल डाइरेक्टरबाट राजीनामा दिँदै गुरुङ मनाङको प्रशिक्षक बनेका हुन्।

गुरुङले राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको सहायकका रुपमा पनि काम गरेका छन्। अघिल्लो सिजन संकटा क्लबको मुख्य प्रशिक्षकका रुपमा काम गरेका उनीसँग नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकका रुपमा काम गरेको अनुभव पनि छ।

 

प्रकाशित मिति: २१:०६ बजे, बिहीबार, वैशाख २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्