Kathmandu Press

मछिन्द्रले संकटालाई हरायाे, एपिएफ र एनआरटीबीच १-१ गोलको बराबरी

खेलको चौथो मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। त्यस्तै ६९ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दा मछिन्द्र २-० ले अघि रह्यो।
मछिन्द्रले संकटालाई हरायाे, एपिएफ र एनआरटीबीच १-१ गोलको बराबरी

काठमाडाैं, वैशाख २१ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई पराजित गरेको छ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले संकटा क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। खेलको चौथो मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। त्यस्तै ६९ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दा मछिन्द्र २-० ले अघि रह्यो।

खेलको ७८ औं मिनेटमा जुनियर एनकेनगुएले गोल गर्दै संकटालाई २-१ को स्थितिमा ल्याए तर ८९ औं मिनेटमा विमल घर्ति मगरले गोल गर्दै मछिन्द्रलाई ३-१ को जित दिलाए। जितसंगै मछिन्द्रले १४ खेलमा २१ अंक जोडेको छ। संकटाको १४ खेलमा १६ अंक रहेको छ।

त्यस्तै बिहीबार नै एन्फा कम्प्लेक्समा एपीएफ र एनआरटीले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन्। खेलको ५७ औं मिनेटमा लालनुनजामाले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए। तर, खेलको इन्जुरी समयमा एडमा डोम्बियाले गोल गर्दै एपीएफलाई बराबरीमा ल्याए।

यस बराबरीसँगै एपीएफले १४ खेलमा १९ अंक जोडेको छ। एनआरटीले १४ खेलमा १७ अंक जोडेको छ।

प्रकाशित मिति: १७:३९ बजे, बिहीबार, वैशाख २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्