Kathmandu Press

लगातार ६ हारपछि मनाङको जित

लगतार ६ हारपछि पहिलो जित निकाल्ने क्रममा मनाङले बुधबार दशरथ रंगशालामा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १–०ले हरायो।
लगातार ६ हारपछि मनाङको जित

काठमगाडाैं, वैशाख २० : पछिल्लो समय खराब लयबाट ग्रुजिरहेको मनाङ मर्स्याङ्दी क्लबले लागतार ६ हारपछि पहिलो जित निकालेको छ।

लगतार ६ हारपछि पहिलो जित निकाल्ने क्रममा मनाङले बुधबार दशरथ रंगशालामा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १–०ले हरायो।

टिमले खराब प्रदर्शन गरेपछि मनाङका प्रशिक्षक किरण श्रेष्ठले गतसाता मात्र टिम छाडेका थिए। उनले टिम छाडेको पहिलो खेलमै मनाङले जित निकाल्यो। आर्मीविरुद्ध मनाङले मुख्य प्रशिक्षक बिनै खेलेको थियो।

मनाङलाई जित दिलाउन कोफी टिमोथी कुडोले निर्णायक गोल गरे । दोस्रोहाफको इन्जुरी समयमा विजय श्रेष्ठको पासमा गोल गरेका थिए।

जितपछि मनाङले १८ अंकसहित छैठौं स्थानमा उक्लिएको छ भने २० अंक जोडेको आर्मी पाँचौं स्थानमा छ।

प्रकाशित मिति: २१:१३ बजे, बुधबार, वैशाख २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्