Kathmandu Press

धनुषामा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक दम्पतिको मृत्यु

जनकपुर, माघ १५ : धनुषामा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक दम्पतिको मृत्यु भएको छ। दुर्घटनामा एक बालक घाइते भएका छन्। 

गणेशमान चारना....

धनुषामा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक दम्पतिको मृत्यु

जनकपुर, माघ १५ : धनुषामा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक दम्पतिको मृत्यु भएको छ। दुर्घटनामा एक बालक घाइते भएका छन्। 

गणेशमान चारनाथ नगरपालिका-६ गोदार सडकखण्डमा बुधबार बिहान पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४८ नम्बरको  मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स १ च १८५८ बोलेरो ठोक्किँएका हुन्। 

दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका-६ गोदारका मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी पत्नी ४० वर्षीया प्रमिलाको घटनास्थलमा नै मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। 

दुर्घटनामा मोटरसाइकमा सवार साहका ९ वर्षीय छोरा जोन सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।
 
प्रकाशित मिति: १५:४५ बजे, बुधबार, माघ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्