Kathmandu Press

'एमसीसीले नेपालको सार्वभौमसत्तालाई कुनै असर गर्दैन'

काठमाडौं, माघ १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सैन्य रणनीति र इन्डो प्यासिफिक रणनीतिसँग कुनै ....

'एमसीसीले नेपालको सार्वभौमसत्तालाई कुनै असर गर्दैन'

काठमाडौं, माघ १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सैन्य रणनीति र इन्डो प्यासिफिक रणनीतिसँग कुनै सरोकार नभएको दाबी गरेका छन्।

बुधबार सुरू भएको नेकपाको केन्द्रीय समिति बैठकमा बोल्दै उनले एमसीसीबारे गलत हल्ला फैलाइएको गुनासो गरे। ‘एमसीसीलाई इन्डो प्यासिफिक रणनीतिसँग जोड्नु, धेरै विवाद गर्न आवश्यक छैन,’ प्रधानमन्त्री ओलीले भने।

उनले ४९ देशले एमसीसी सम्झौता गरेको बताउँदै बेकारमा इन्डो प्यासेफिक रणनीतिसँग जोडिएको बताए। ‘कसको हिडन इन्ट्रेस्ट के छ भनेर खोज्दै जाने हो भने नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध नै राख्न नसक्दैन,’ प्रधानमन्त्री ओलीले भने।

उनले एमससी छिटो संसदबाट अनुमोदन गर्नुपर्नेमा जोड दिए। ‘एमसीसीले हाम्रो सार्वभौमसत्तालाई यस सहमतिले कुनै प्रतिकुल असर पार्दैन,’ प्रधानमन्त्रीले भने।

याे पनि पढ्नुस् :

प्रगति हुन थालेपछि त्यसको छनक सबैतिर देखिन्छ : प्रधानमन्त्री ओली

यती समूहको बचाउ गर्दै प्रधानमन्त्री ओलीले भने- सरकार पैसाको पछि कुद्दैन!

नेकपा केन्द्रीय समिति बैठक सुरू

 

प्रकाशित मिति: १४:१५ बजे, बुधबार, माघ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्