प्रगति हुन थालेपछि त्यसको छनक सबैतिर देखिन्छ : प्रधानमन्त्री ओली
काठमाडौं, माघ १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रगति हुन थालेको बताएका छन्। उनले प्रगतिको यात्रा सुरू भइसकेको र अब यसको छनक सबैतिर देखिने बताएका छ....

काठमाडौं, माघ १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रगति हुन थालेको बताएका छन्। उनले प्रगतिको यात्रा सुरू भइसकेको र अब यसको छनक सबैतिर देखिने बताएका छन्।
बुधबार नेकपा केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै सरकारले एउटा पनि काम गरेन भन्ने विपक्षीहरुले हल्ला फैलाउने गरेको आरोप लगाए। विश्वका विभिन्न सूचकहरुमा नेपाल नकारात्मक अवस्था नदेखिएको जिकिर गरे।
‘नेपाल पछाडि परेको देखिँदैन। मानवविकास सूचकांक, विश्व भोकमरीको सूचकांकमा नेपालको स्थिति सुध्रिएको छ। शान्ति सुव्यवस्था पनि सुधारको स्थित राम्रो देखिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सडक बालबालिकामुक्त गरिएको छ। बेसहरालाई पुनस्र्थपना गरिएको। प्रगति हुन थालेपछि त्यसको छनक सबैतिर देखिन्छ।’
उनले सार्कमा जितेका पदकलाई पनि प्रगतिका रुपमा गठना गरेका छन्।र ‘खेलकुदमा पनि देखिएको छ। सार्कमा पाएको पदकअनुसार नेपाल दोस्रो स्थानमा रहेको छ,’ उनले भने। काठमाडौंको राष्ट्रिय सभागृहमा सुरू भएको नेकपाको दोस्रो केन्द्रीय कमिटीको बैठकमा बोल्दै प्रधानमन्त्री केपी ओलीले लिम्पियाधुरा, कालापानी, लिपुलेखसम्मको भूगाग नेपालकै भएको बताएका छन्। उनले पहिलो पटक लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूभाग नेपालको हो भनेर भारत सरकारलाई पत्राचार गरेको दाबी गरे।
उनले सुगौली सन्धि तथा तथ्यप्रमाणअनुसार, लिम्पियाधुरा, कालापानीलगायतका क्षेत्र नेपालको हो भनेर देखाएको र यसबारे संसद्मा बोल्ने पनि बताएका छन्। ‘११४ वटा नयाँ सिमाचौकीहरु बनाएका छौ, २०३४ वटा नयाँ सिमा स्तम्भ बनाएका छौं,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलेले प्रेस स्वतन्त्रताका विषयमा प्रश्न उठ्नु निरर्थक भएको बताए। ‘प्रेस स्वतन्त्रताका विषयमा प्रश्न उठ्नु निरर्थक हो। लामो सयमदेखि यसकै पक्षमा लडेर आएका हौं,’ उनले भने। समाजिक न्याय र समानतासहितको समृद्धिको सुरुआत गरेको पनि उनको भनाइ थियो। ‘हरेक नागरिक कोही पनि भोकमा नपरोस्। नेपाल गरिब छ, तर भोकमरी छैन। सडकमा अलपत्र पर्न दिएका छैनौं। केहि समययता सडक मानवमुक्त गरेका छौ। कोही पनि भोकले नपर्नेगरी काम अगाडि बढाएका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले विकास गरिसक्यौ, समृद्धि हासिल गरिसक्यौ, भ्रष्टाचार अन्य भएसक्यो सुशासन कायम भइसक्यो भन्ने होइन, त्यसको अन्त्यको प्रयासमा छौं।’
उनले कोरोना भाइसरले भिजिट नेपालको प्रयासमा धक्का पुग्ने बताएका छन्। संसद् बैठकमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीको बोलीप्रति कटाक्ष गर्दै ‘धक्का भनेको के हो? धक्का कसले दिन्छ? हामी पनि थाहा पाइराखौँ न’ भनेर राखेको जिज्ञासाको बुधबार ‘कोरोना भाइसले भिजिट नेपाल २०२० मा धक्का पुग्न सक्ने’ भएको भन्दै प्रष्टिकरण दिएका छन्।
प्रधानमन्त्री ओलीले नेकपा वैचारिक कुरामा संक्रमणकालीन अवस्थामै रहेको र त्यसको स्पष्टताबिना गन्तव्यमा पुग्न नसक्ने बताएका छन्। उनले विगतबारे होइन वर्तमानको अवस्था र भविष्य हेरेर बहस गर्न पनि पार्टी पंक्तिालाई निर्देशन दिएका छन्। ‘भावनाका आधारमा हुने क्रान्तिले परिवर्तन गर्दैन। बास्तविकता बुझेर मात्रै हामी अगाडि बढ्न सक्छौँ। जनतालाई भ्रमित र त्रसित नबनाउने नीतिका साथ अगाडि बढ्न जरुरी छ,’ प्रधानमन्त्री ओलीले भने।
उनले विखण्डनको राजनीति गरिरकेका सिके राउतकालाई मूलधारमा ल्याएको पनि बताए। प्रधानमन्त्री ओलीले अहिले सरदरमा नौ दिनमा एउटा कानुन बनेको बताए।











