Kathmandu Press

खुमलटारसँग रोकियो थ्री स्टार, शीर्ष स्थानमा उक्लने अवसर पनि गुमायो

मंगलबार च्यासल मैदानमा भएको खेलमा थ्री स्टार क्लब रेलिगेसन जोनमा रहेको एफसी खुमलटारसँग २–२ गोलको बराबरीमा रोकियो।
खुमलटारसँग रोकियो थ्री स्टार, शीर्ष स्थानमा उक्लने अवसर पनि गुमायो

काठमाडाैं, वैशाख १९ : सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लब बराबरीमा रोकिएको छ।

मंगलबार च्यासल मैदानमा भएको खेलमा थ्री स्टार क्लब रेलिगेसन जोनमा रहेको एफसी खुमलटारसँग २–२ गोलको बराबरीमा रोकियो।

यो बराबरीसँगै थ्री स्टारले शीर्ष स्थानमा उक्लने अवसर पनि गुमाएको छ । यो खेल जितेको भए थ्री स्टार जावलाखेल युथ क्लबलाई पछि पार्दै शीर्ष स्थानमा पुग्ने थियो। यो बराबरीपछि २३ अंकसहित थ्री स्टार दोस्रो स्थानमा छ। खुमलटार १४ अंकसहित पुछारमा छ।

खेलको चौथो मिनेटमा लाकेन लिम्बुको गोलमा थ्री स्टारले सुरुआती अग्रता लियो । पहिलो हाफको इन्ज्युरी समयमा मेसुके ओलोमोउले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

५०औं मिनेटमा खुलमटारले खेलमा अग्रता लियो । उसका स्टेफन समिरले गोल गरेका थिए । तर, ६८ औं मिनेटमा आदित्य शाक्यले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

प्रकाशित मिति: १८:३१ बजे, मंगलबार, वैशाख १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्