Kathmandu Press

प्रशिक्षक देसाईले भने– नेपालले भारत–पाकिस्तासँग खेल्ने कुराले उत्साहित छु

‘एसिया कपको एक समूहमा भारत, नेपाल र पाकिस्तान प्रतिस्पर्धा गर्ने कुरा नयाँ सुनिन्छ। तर यसका लागि हामी उत्साहित छौं।’
प्रशिक्षक देसाईले भने– नेपालले भारत–पाकिस्तासँग खेल्ने कुराले उत्साहित छु

काठमाडाैं वैशाख १९ : घरेलु मैदानमा युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ। योसँगै नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने पक्का भएको छ।

नेपाल एसिया कपमा छनोट भएपछि मुख्य प्रशिक्षक मोन्टी देसाईले आफू उत्साहित भएको बताएका छन्। युएईलाई पराजित गर्दै नेपाल एसिया कपमा पुगेपछि देसाईले पत्रकारहरुसँग कुरा गर्दै नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भए पनि त्यसका लागि आफू उत्साहित भएको बताए।

उनले भने, ‘एसिया कपको एक समूहमा भारत, नेपाल र पाकिस्तान प्रतिस्पर्धा गर्ने कुरा नयाँ सुनिन्छ। तर यसका लागि हामी उत्साहित छौं।’ उनले यो यात्रा सबैको मेहनतले सम्भव भएको बताए।

प्रशिक्षक देसाई नेपालले पछिल्लो दुई महिनामा खेलेका हरेक खेलमा नयाँ अनुभव पाएको र त्यो अनुभवबाट अघि बढेको बताए। ‘हामीले पछिल्लो दुई महिनामा खेलेका हरेक खेलमा नयाँ अनुभव बटुल्यौं । त्यो अनुभवबाट हामीले के सिक्यौं भन्ने महत्वपूर्ण रह्यो,’ उनले भने।

यो दुई महिनाको अन्तरमा नेपालले पछिल्ला १० खेलमा लागतार जित निकालेको छ भने १६ मध्ये १५ खेल जितेको छ। यो अभतपूर्व यात्रामा खेलाडीको मेहनतको पनि प्रशिक्षक देसाई प्रसंशा गरे।

प्रशिक्षक देसाईले नेपाली खेलाडी आ–आफ्नो कथा लेख्न तयार रहेको पनि बताए। खेलाडीहरु आफूले गर्ने करामा स्पष्ट रहेको बताउँदै उनले कडा मेहनतपछि टिम विकास भइरहेको बताए। उनले आफ्नो खेलाडीप्रति गर्व महसुस भएको पनि उल्लेख गरे।

प्रशिक्षकदेसाईले नेपाली क्रिकेटमा दर्शकको ठूलो भूमिका रहेको पनि बताए। खेल वर्षाले रोकिँदा पनि छाता ओडेर दर्शक मैदानमा बसिरहेको उल्लेख गर्दै त्यसलाई खेलाडीमा उर्जा मिल्ने बताए।  उनले खेलाडीहलाई दबाबभन्दा पनि खेलमा इन्जोए गर्न दिनु पर्ने बताए।

 

प्रकाशित मिति: १५:०६ बजे, मंगलबार, वैशाख १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्