Kathmandu Press

नेकपा केन्द्रीय समिति बैठक सुरू

काठमाडौं, माघ १५ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक सुरू भएको छ।

एमाले र माओवादी एकीकरणपछि दोस्रो पटक नेकपा क....

नेकपा केन्द्रीय समिति बैठक सुरू

काठमाडौं, माघ १५ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक सुरू भएको छ।

एमाले र माओवादी एकीकरणपछि दोस्रो पटक नेकपा केन्द्रीय समिति बैठक सुरू भएको हो। पहिलो बैठक बसेको २१ महिनापछि बुधबार दोस्रो बैठक राष्ट्रिय सभागृहमा सुरू भएको हो।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गरेका छन्। बैठकमा नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, बैठकमा महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संशोधन प्रस्ताव तथा सातै प्रदेशका अध्यक्षहरूले प्रगति प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचि रहेको छ।

बैठकमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, नेता वामदेव गौतमलगायतको उपस्थित रहेको छ।

प्रकाशित मिति: १२:०९ बजे, बुधबार, माघ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्