Kathmandu Press

प्रधानमन्त्री दिए नेपाली टिमलाई बधाई

नेपालले युएईलाई हराएलगत्रै प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत नेपाली टिमलाई यो उपलब्धिका लागि बधाई दिएका हुुन्।
प्रधानमन्त्री दिए नेपाली टिमलाई बधाई

काठमाडाैं, वैशाख १९ : एसिसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कपका लागि छनोट भएको नेपाली क्रिकेबट टिमलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई दिएका छन्।

मंगबलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइलनमा युएईलाई ७ विकेट हराउँदै नेपाल पहिलो पटक एसिया कपमा छनोट भएको थियो।

नेपालले युएईलाई हराएलगत्रै प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत नेपाली टिमलाई यो उपलब्धिका लागि बधाई दिएका हुुन्।

‘एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु,’ उनले लेखेका छन्, ‘देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’

प्रकाशित मिति: १२:३५ बजे, मंगलबार, वैशाख १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्