Kathmandu Press

गुल्सन झाले बनाए अर्धशतक, नेपाल जित नजिक

नेपाल दबाबमा रहेको अवस्थामा गुल्सनले ७६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै एकदिवसीय क्रिकेटमा दोस्रो अर्धशतक बनाएका हुन्।
गुल्सन झाले बनाए अर्धशतक, नेपाल जित नजिक

काठमाडाैं, वैशाख १९ : एसिसी प्रियिमर कपको फाइनलमा गुल्सन झाले अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित टियू मैदानमा जारी युएईविरुद्धको खेलमा गुल्सनले तेस्रो नम्बरमा ब्याटिङ गर्दै अर्धशतक बनाएका हुन्।

११८ रनमा सामान्य लक्ष्य पछ्याएको नेपालले सुरुआतमै विकेट गुमाए पछि आश्चर्यजनक रुपमा गुल्सन तेस्रो नम्बरमा ब्याटिङका लागि आएका थिए। नेपाल दबाबमा रहेको अवस्थामा गुल्सनले ७६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै एकदिवसीय क्रिकेटमा दोस्रो अर्धशतक बनाएका हुन्।

यसअघि उनले युएईविरुद्ध नै पहिलो अर्धशतक बनाएका थिए।

गुल्सनको अर्धशतक मद्दतमा नेपाल जिततर्फ अग्रसर भएको छ। क्रिजमा गुल्सनलाई ७० बलमा ३५ रन बनाएर भीम सार्कीले साथ दिइरहेका छन्। यी दुईले चौथो विकेटका लागि ८० रनको साझेदारी गरेका छन्।

ताजा अवस्थामा नेपालले २९ ओभारमा ३ विकेटको क्षतिमा १०२ रन बनाएको छ।

 

प्रकाशित मिति: ११:३९ बजे, मंगलबार, वैशाख १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्