Kathmandu Press

११८ रनको लक्ष्य पछ्याउँदै नेपाल, नेपाली इनिङ सम्हाल्दै गुल्सन

आश्चर्यजनक रुपमा तेस्रो नम्बरमा ब्याटिङमा आएका गुल्सन झाले नेपाली इनिङ सम्हाल्दै छन्। उनले ५२ बलमा ३ चौका ४ छक्का प्रहार गर्दै ४४ रन बनाएका छन् ।
११८ रनको लक्ष्य पछ्याउँदै नेपाल, नेपाली इनिङ सम्हाल्दै गुल्सन

काठमाडाैं, वैशाख १९ : एसिया कपमा भारत र पास्कितानसँग खेल्न नेपालले ११८ रनको सामान्य लक्ष्य पछ्याउनु पर्ने भएको छ। सोमबारको खेल वर्षाले आधामात्र सम्भव भएपछि मंगलबार पुनः भएको खेलमा युएई ३३.१ ओभरमा ११७ रनमा अलआउट भयो।

एसिया कप  खेल्ने लक्ष्यसहित ११८ रनको लक्ष्य पछ्याएको नेपालले पनि राम्रो सुरुआत गर्न सकेन। सुरुआती तीन ब्याट्सम्यान सस्तैमा पभेलियन फर्किएपछि नेपाल दबाबमा परेको छ। नेपालका लागि आसिफ सेखले ८, कुशल भुर्तेल र रोहित पौडेलले समान १ रन बनाएर आएट भएपछि नेपाल दबाबमा परेको हो।

तर, आश्चर्यजनक रुपमा तेस्रो नम्बरमा ब्याटिङमा आएका गुल्सन झाले नेपाली इनिङ सम्हाल्दै छन्। उनले ५२ बलमा ३ चौका ४ छक्का प्रहार गर्दै ४४ रन बनाएका छन् । उनलाई २८ बलमा ६ रन बनाएर भीम सार्कीले साथ दिइरहेका छन्। यी दुईले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरेका छन्।

ताजा अवस्थामा नेपालले १८ ओभरमा ३ विकेटको क्षतिमा ६३ रन बनाएको छ।

यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीबाट पुनः खेल सुरु भएको थियो । यूएईले बाँकी खेलमा ११ रन थपेर अलआउट भयो।

प्रकाशित मिति: १०:५७ बजे, मंगलबार, वैशाख १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्