Kathmandu Press

गोली हानेर तीन जना गाँजा तस्करलाई प्रहरीले पक्रियो

हेटौँडा, माघ १५ : मकवानपुर प्रहरीले गोली हानेर गाँजा तस्करलाई पक्राउ गरेको छ। बुधबार कारको टायरमा गोली हानेर गाँजा तस्करलाई नियन्त्रणमा लिएको प्रहरीले....

गोली हानेर तीन जना गाँजा तस्करलाई प्रहरीले पक्रियो

हेटौँडा, माघ १५ : मकवानपुर प्रहरीले गोली हानेर गाँजा तस्करलाई पक्राउ गरेको छ। बुधबार कारको टायरमा गोली हानेर गाँजा तस्करलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार, हेटौंडा उपमहानगरपालिका–११, थाना भर्‍याङमा प्रहरीले गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारलाई रोकेको थियो। तर, चालकले नरोकेर झन हुइकाएका थिए।

त्यसपछि प्रहरीले हवाइ फायर गरेको थियो। ‘हवाइ फायर गर्दा पनि नरोकिएपछि टायरमा गोली प्रहार गरिएको हो,’ एसपी राठौरले भने। गाँजासहित पक्राउ पर्नेहरुमा भारतको मुजफ्फरपुरका अजय मल, सञ्जीव पासवान र जाहेरा खातुन छन्। अजय गाडी चालक हुन्।

उनीहरूले बिरामी बनाएर गाँजा तस्करी गर्दै आएको खुलेको छ। तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको एसपी राठौरले बताए। उनीहरूसँगको भएको ३२ किलो गाँजा पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित मिति: ११:५५ बजे, बुधबार, माघ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्