आईपीएल क्रिकेटमा बेङ्लोरले लखनउलाई १८ रनले हरायो
लखनउ घरेलु मैदानमा बेङ्लोरसँग १८ रनले पराजित भयो । बेङ्लोरले दिएको १ सय २७ रनको मध्यम लक्ष्य पछ्याएको लखनउ १९ ओभर ५ बलमा १ सय ८ रनमा अलआउट भयो ।
काठमाडौं, वैशाख १९ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्लोरले लखनउ सुपर जायन्ट्सलाई हराएको छ ।
लखनउ घरेलु मैदानमा बेङ्लोरसँग १८ रनले पराजित भयो । बेङ्लोरले दिएको १ सय २७ रनको मध्यम लक्ष्य पछ्याएको लखनउ १९ ओभर ५ बलमा १ सय ८ रनमा अलआउट भयो ।
गएराति भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको बेङ्लोरले ९ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । उसका फाप डु प्लेसिसले सर्वाधिक ४४ रन बनाए ।
जितसँगै बेङ्लोर ९ खेलमा १० अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । समान ९ खेलमा १० अङ्क नै रहेको लखनउ तेस्रो स्थानमा छ ।
प्रकाशित मिति: ०८:०२ बजे, मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार