Kathmandu Press

शिवमाया तुम्बाहाङफे नेकपा केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं, माघ १५ : निवर्तमान उपभासमुख डा.शिवमाया तुम्बाहाङफेलाई नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

उनलाई मंगलबारको नेकपा सचिवालय बैठक....

शिवमाया तुम्बाहाङफे नेकपा केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं, माघ १५ : निवर्तमान उपभासमुख डा.शिवमाया तुम्बाहाङफेलाई नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

उनलाई मंगलबारको नेकपा सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको हो। डा.तुम्बाहाङफेलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए।

अढाइ वर्ष अघि उपसभामुख भएपछि उनले तत्कालीन एमालेको सदस्यता त्यागेकी थिइन्। उनी यस अघि पनि केन्द्रीय सदस्य थिइन्। एउटै पार्टीबाट सभामुख र उपभासमुख नहुने संवैधानिक व्यवस्थाका कारण उनले केही दिन अघि उपसभामुखबाट राजीनामा दिएकी थिइन्। उनले राजीनामा दिएपछि सभामुखको निर्वाचन भइसकेको छ भने अब उपसभामुखको निर्वाचन हुनेछ।

केन्द्रीय सदस्यमा मनोनित भएपछि डा.तुम्बाहाङफे पनि केन्द्रीय समिति बैठकमा सहभागी भएकी छिन्।

 

प्रकाशित मिति: ११:१७ बजे, बुधबार, माघ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्