Kathmandu Press

लग्जेम्बर्गका विदेशमन्त्री आउँदै

काठमाडौं, माघ १५ : लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै छन्।

विदेशमन्त्री एसलवर्नले....

लग्जेम्बर्गका विदेशमन्त्री आउँदै
एजेन्सी

काठमाडौं, माघ १५ : लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै छन्।

विदेशमन्त्री एसलवर्नले आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ। आजै लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५औँ वार्षिकोत्सवको अवसरमा एक विशेष कार्यक्रम आयोजना हुनेछ।

त्यस्तै, विदेशमन्त्री एसलवर्नले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: ११:०० बजे, बुधबार, माघ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्