नेपाल र युएईबीचको खेल स्थगित, बाँकी खेल भोलि हुने
फाइनलको बाँकी खेल मंगलबार हुने छ। आज जुनअवस्थामा खेल रोकिएको छ, भोलि त्यही अवस्थाबाट खेल सुरु हुनेछ।
काठमाडाैं, वैशाख १८ : नेपाल र युएईबीचको एसिसी प्रिमियर कपको सोमबार भएको फाइनल स्थगित भएको छ। वर्षाका पहिलो इनिङको २८ ओभरमा रोकिएको खेल त्यसपछि लगातार वर्षापछि आजका लागि स्थागित भएको छ।
फाइनलको बाँकी खेल मंगलबार हुने छ। आज जुनअवस्थामा खेल रोकिएको छ, भोलि त्यही अवस्थाबाट खेल सुरु हुनेछ।
वर्षाले खेल रोकिँदा पहिला ब्याटिङ गरेको युएईले २७.३ ओभरमा १०६ रन बनाउँदा ९ विकेट गुमाएको थियो। सुरुआतदेखि नै नेपाली बलर हावी भएपछि युएई खराब अवस्थामा पुगेको हो।
युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए। उनले ५४ बलमा ७ चौका र १ छक्का प्रहार गरे। यस्तै, आर्यन लाकराले १३, मुहम्म्द वासिम ११ र बासिल हामिदले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
युएईको इनिङ धरासायी बनाउने क्रममा नेपालका ललित राजवंशीले घातक बलिङ गरे। उनले ४.३ ओभरमा १ मेडनसहित ५ रन मात्र खर्चेर ३ विकेट लिएका छन्। उनले वर्षा खेल रोकिनु ठिकअघि लागातार २ बलमा २ विकेट लिएका थिए।
यस्तै, करण केसी र सन्दीप लामिछानेले समान २ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १ विकेट लिए।
फाइनल जित्ने टिमले एसिया कपमा छनोट हुनेछ। विजेता टिमले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउने छ।











