Kathmandu Press

गुल्सनले दिलाए नेपाललाई छैठौं सफलता

उनले आफ्नो पहिलो ओभरको पाँचौं बलमा बसिल हमिदलाई बोल्ड गरे।
गुल्सनले दिलाए नेपाललाई छैठौं सफलता

काठामडाैं, वैशाख १८ : युएईविरुद्धको एसिसी प्रियिमर लिगको फाइलनमा नेपालले छैठौं सफलता हात पारेको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा युवा फास्टबलर गुल्सन झाले नेपाललाई छैठौं सफलता दिलाएका हुन्।

उनले आफ्नो पहिलो ओभरको पाँचौं बलमा बसिल हमिदलाई बोल्ड गरे। २३ ओभररको खेल सकिँदा ९२ रन बनाउँदा युएईले ६ विकेट गुमाएको छ।

टस जितेर बलिङ गर्ने निर्णय गरको नेपालले सुरुआतदेखि नै युएईमाथि दबाब बनाएको थियो। युएईलाई दबाबमा राख्ने क्रममा नेपालका मिडियम पेस र स्पिनर दुवैले उत्कृष्ट प्रदर्शन गरेका छन्।

त्यसअघि नेपालका लागि करण केसीले २ विकेट लिँदा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले पनि विकेट लिएका छन्।

आजको खेल जित्ने टिम एसिया कपमा छनोट हुने छ। र, एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउने छ।

प्रकाशित मिति: ११:२३ बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्