Kathmandu Press

वर्षा रोकियो, नेपाल र युएईबीचको खेल सुरु

वर्षाले रोकिएको फाइनल २० मिनेट पछि सुरु भएको हो। खेलमा कुनै ओभर घटाइएको छैन।
वर्षा रोकियो, नेपाल र युएईबीचको खेल सुरु

काठमाडाैं, वैशाख १८ : वर्षाका कारण रोकिएको नेपाल र युएईबीचको एसिसी प्रियिमर कपको फाइनल खेल सुरु भएको छ। १६ ओभरको खेल चलिरहँदा हल्का वर्षा भएपछि खेल रोकिएको थियो।

वर्षाले रोकिएको फाइनल २० मिनेट पछि सुरु भएको हो। खेलमा कुनै ओभर घटाइएको छैन।

वर्षाका कारण खेल रोकिँदा नेपालले युएईमाथि पूर्णरुपमा दबाब बनाएको थियो । खेल रोकिँदा १६ ओभरको समाप्तिमा ६० रन बनउाँदा युएईले ५ विकेट गुमाएको छ।

टस जितेर बलिङ गर्ने निर्णय गरको नेपालले सुरुआतदेखि नै युएईमाथि दबाब बनाएको थियो। युएईलाई दबाबमा राख्ने क्रममा नेपालका मिडियम पेस र स्पिनर दुवैले उत्कृष्ट प्रदर्शन गरेका छन्।

नेपालका लागि करण केसीले २ विकेट लिँदा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले पनि विकेट लिएका छन्।

आजको खेल जित्ने टिम एसिया कपमा छनोट हुने छ। र, एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउने छ।

प्रकाशित मिति: १०:५१ बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्