Kathmandu Press

ट्रम्पले सार्वजनिक गरे मध्यपूर्व शान्तिको नयाँ योजना

काठमाडौं, माघ १५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेका छन् । लामो समयदेखि अपेक्षा गरिएका उनको शान्ति योजना सार्....

ट्रम्पले सार्वजनिक गरे मध्यपूर्व शान्तिको नयाँ योजना

काठमाडौं, माघ १५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेका छन् । लामो समयदेखि अपेक्षा गरिएका उनको शान्ति योजना सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले जेरुसलेमलाई इजरायलको अविभाजित राजधानी कायम राख्ने वाचा पनि गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको उपस्थितिमा अमेरिकी राष्ट्रपति ट्रम्पले मध्यपूर्व शान्ति योजना सार्वजनिक गरे । आफ्नो शान्ति योजनालाई ट्रम्पले प्यालेस्टाइनीहरुका लागि अन्तिम मौका भएको पनि जिकिर गरे । शान्ति योजना सार्वजनिक गर्दै ट्रम्पले भने, ‘आजको सम्झौता प्यालेस्टाइनीहरुका लागि उनीहरुको स्वतन्त्र राज्य स्थापना गर्ने सपनालाई सार्थक पार्नका लागि ऐतिहासिक अवसर हो ।

Hardik ivf

७० वर्षदेखि कुनै प्रगति नभएको सन्भर्दमा यो उनीहरुका लागि अन्तिम मौका हुन सक्छ ।’ इजरायली प्रधानमन्त्री नेता न्याहुले ट्रम्पको योजनाको प्रशंसा गरे । तर, प्यालेस्टाइनी प्रधानमन्त्री महमुद अब्बासले भने ट्रम्पको उक्त योजनालाई ‘षड्यन्त्र’को संज्ञा दिएका छन् ।

ट्रम्पको मध्यपूर्व शान्ति योजनाबारे एउटा टेलिभिजन सम्बोधनमा प्यालेस्टाइनी प्रधानमन्त्री महमुद अब्बासले भने, ‘म ट्रम्प र नेतान्याहुलाई भन्छु– जेरुसलेम बिक्रीमा छैन । हाम्रा कुनै पनि अधिकार बिक्रीमा छैनन्, न त लेनदेन नै हुन्छ । यो षड्यन्त्र सफल हुँदैन ।’

प्रकाशित मिति: ०८:३१ बजे, बुधबार, माघ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्