वर्षाका कारण खेल रोकियो
१६ ओभरको खेल चलिरहँदा वर्षा सुरु भएपछि नेपाल र युएईबीचकाे फाइनल अम्पायरले खेल रोकेका हुन्।
काठमाडाैं, वैशाख १८ : कीर्तिपुरस्थित टियू मैदानमा जारी एसिसी प्रियिमर कपको फाइनल वर्षाका कारण बीचमै रोकिएको छ। १६ ओभरको खेल चलिरहँदा वर्षा सुरु भएपछि नेपाल र युएईबीचकाे फाइनल अम्पायरले खेल रोकेका हुन्।
खेल रोकिँदलासम्म फाइनलमा नेपालले युएईमाथि पूर्णरुपमा दबाब बनाएको छ। १६ ओभरको समाप्तिमा ६० रन बनउाँदा युएईले ५ विकेट गुमाएको छ।
टस जितेर बलिङ गर्ने निर्णय गरको नेपालले सुरुआतदेखि नै युएईमाथि दबाब बनाएको थियो। युएईलाई दबाबमा राख्ने क्रममा नेपालका मिडियम पेस र स्पिनर दुवैले उत्कृष्ट प्रदर्शन गरेका छन्।
नेपालका लागि करण केसीले २ विकेट लिँदा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले पनि विकेट लिएका छन्।
आजको खेल जित्ने टिम एसिया कपमा छनोट हुने छ। र, एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउने छ।
प्रकाशित मिति: १०:२८ बजे, सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











