Kathmandu Press

युएईमाथि नेपालको दबदबा

टस जितेर बलिङ गर्ने निर्णय गरको नेपालले युएईमाथि दबाब बनाउँदै १४ ओभरमै ५ विकेट लिएको छ। १४ ओभरको समाप्तिमा युएईले ५२ रन जोडेको छ।
युएईमाथि नेपालको दबदबा

काठमाडाैं, वैशाख १८ : एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईमाथि दबदबा कायम गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी फाइनलमा नेपालले १४ ओभरभित्रै युएईका टप अर्डरलाई पभेलियन फर्काएको छ।

टस जितेर बलिङ गर्ने निर्णय गरको नेपालले युएईमाथि दबाब बनाउँदै १४ ओभरमै ५ विकेट लिएको छ। १४ ओभरको समाप्तिमा युएईले ५२ रन जोडेको छ।

युएईलाई दबाबमा राख्ने क्रममा नेपालका मिडियम पेस र स्पिनर दुवैले उत्कृष्ट प्रदर्शन गरेका छन्। नेपालका लागि करण केसीले २ विकेट लिँदा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले पनि विकेट लिएका छन्।

आजको खेल जित्ने टिम एसिया कपमा छनोट हुने छ। र, एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउने छ।

प्रकाशित मिति: १०:१७ बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्