Kathmandu Press

सोमपाल र करणले दिलाए नेपाललाई सफलता

सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए। कीर्तिपुरस्थित टियू मैदानमा युएईविरुद्ध टस जितेर बलिङ रोजेको नेपाललाई सोमपालले चौथो ओभरको पहिलो बलमा सफलता दिलाए।
सोमपाल र करणले दिलाए नेपाललाई सफलता

काठमाडाैं, वैशाख १८ : एसिसी प्रिमियर कपको फाइनलमा नेपालले सुरुआतमै २ विकेट लिँदै युएईलाई दबाबमा राखेको छ। नेपालले ५ओभरभित्रै २ विकेट लिँदै युएईमाथि दबाब बनाएको हो।

सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए। कीर्तिपुरस्थित टियू मैदानमा युएईविरुद्ध टस जितेर बलिङ रोजेको नेपाललाई सोमपालले चौथो ओभरको पहिलो बलमा सफलता दिलाए। उनले युएईका कप्तान तथा विस्फोटक ब्याट्सम्यान मोहम्मद वासिमलाई ललित राजवंशीबाट क्याच आउट गराए।

यस्तै, पाँचौं ओभरको पाँचौं बलमा करणले अर्का ओपनर तथा प्रतियोगिताकै सफल ब्याट्सम्यान वृत्य अरविन्दलाई पभेलियन फर्काए। अरविन्दलाई करणले विकेटकिपर आसिफ सेखबाट क्याच आउट गराए।

एसिया कप लक्ष्य बनाएको नेपालले फाइनलमा एक परिवर्तन गरेको छ। मुख्य प्रशिक्षक मोन्टी देसाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई पहिलो पटक टिमबाट बाहिर राखेका छन्।

उनले अर्का अलराउन्डर गुल्सन झालाई मौका दिएका छन्। फास्ट बलिङलार्इ सपोर्ट गर्ने पिच भएकाले नेपालले प्रतियोगितामा पहिलो पटक ३ फास्ट बलर खेलाएको छ।

 

प्रकाशित मिति: ०९:२९ बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्