Kathmandu Press

नेपाली टिममा एक परिवर्तन, दीपेन्द्रको स्थानमा गुल्सनलाई मौका

मुख्य प्रशिक्षक मोन्टी देसाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई पहिलो पटक टिमबाट बाहिर राखेका छन्।
नेपाली टिममा एक परिवर्तन, दीपेन्द्रको स्थानमा गुल्सनलाई मौका

काठमाडाैं, वैशाख १८ : एसिसी प्रिमियर कपको फाइनल कीर्तिपुरस्थित टियू मैदानमा सुरु भएको छ। टियू मैदनमा नेपाली टिमका कप्तान रोहित पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।

एसिया कप लक्ष्य बनाएको नेपालले फाइनलमा एक परिवर्तन गरेको छ। मुख्य प्रशिक्षक मोन्टी देसाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई पहिलो पटक टिमबाट बाहिर राखेका छन्।

उनले अर्का अलराउन्डर गुल्सन झालाई मौका दिएका छन्। फास्ट बलिङलार्इ सपोर्ट गर्ने पिच भएकाले नेपालले प्रतियोगितामा पहिलो पटक ३ फास्ट बलर खेलाएको छ।

आजको खेलको विजेताले भारत र पाकिस्तानसँग एसिया कप खेल्ने मौका पाउनेछ। त्यसैले नेपाल घरेलु मैदानमा युएईलाई हराउँदै भारत र पाकिस्तानसँग खेल्ने सपना साकार बनाउन चाहान्छ।

प्रकाशित मिति: ०८:५८ बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्