एसिपा कप खेल्ने सपना साकार बनाउन युएईसँग भिड्दै नेपाल
युएईलाई हराए नेपालले एसिया कपमात्र खेल्ने छैन, नेपाली सियिनर टिमको भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने सपना पनि पुरा हुनेछ।
काठमाडाैं, वैशाख १८ : नेपाल पहिलोपटक एसिया क्रिकेट खेल्नबाट १ कदम मात्र पछि छ। सोमबार कीर्तिपुरस्थित टियू मैदानमा हुने फाइनलमा युएईलाई हराउन सकेन नेपालले पहिलो पटक एसिया कप खेल्नेछ।
युएईलाई हराए नेपालले एसिया कपमात्र खेल्ने छैन, नेपाली सियिनर टिमको भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने सपना पनि पुरा हुनेछ।
सोमबार ९ बजे कीर्तिपुर मैदानमा नेपाल एसिया कप खेल्ने लक्ष्यसहित मैदान उत्रनेछ। उमेर समूहदेखि सिनियर टिमसम्म नेपालका लागि यूएई ठूलो बाधा बन्ने इतिहास भएकाले नेपाल त्यसमा सचेत छ।
पछिल्लो केही महिनायता नेपालले उत्कृष्ट क्रिकेट खेलिरहेकाले पनि नेपाललई त्यसको फाइदा हुनेछ। नेपालले पछिल्ला १६ खेल मध्ये १ खेल मात्र हारेको छ, त्यसले नेपाली खेलाडीको मनोबल उच्च बनाएको छ।
अघिल्लो महिनामात्र टियू मैदानमै युएईलाई लगातार दुई खेलमा हराएकाले नेपाल त्यही नतिजा निकाल्दै एसिया खेल्न चाहन्छन्। यता, दुई नेपाललाई घरमै हराउँदै पछिल्ला तीन खेलमात्र प्राप्त हारको बदला लिने दाउमा छ।
पछिल्लो समय नेपालमा भइरहेको वर्षा कारण भने भोलि सोमबारको खेललाई पनि प्रभावित पार्ने देखिन्छ। मौसम पूर्वानुमानअनुसार भोलि सोमबार काठमाडौंमा वर्षाको सम्भावना छ।
भोलि नेपाल र युएईबीचको खेल हुन नसकेको अवस्थामा खेल पर्सि रिजर्भ डेसम्मका लागि स्थगित हुनेछ। पर्सि मंगलबार पनि मौसम सफा नरहने पूर्वानुमान छ। यद्यपि सोमबारको तुलनामा मंगलबार मौसममा केही सुधार आउनेछ।
पर्सीको खेलमा पनि खेलको नतिजा आउन नसके सुपर ओभर हुनेछ। सुभर ओभर टाइ भए दोस्रो सुपर ओभर हुनेछ। सुपर ओभर सम्भव पनि नभए प्रतियोगिताको वरीयतामा अघि रहने टिम च्याम्पियन हुनेछ।
यस्तो अवस्थमा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ।











