Kathmandu Press

आर्मी र हिमालयन तथा संकटा र जावलाखेलले खेले बराबरी

शनिबार भारी वर्षा र चट्याङको कारण हिमालयन र आर्मीबीचको खेल ७१औं मिनेटमा रोकिएको थियो ।
आर्मी र हिमालयन तथा संकटा र जावलाखेलले खेले बराबरी

काठामडाैं, वैशाख १७ : सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाले बराबरी खेलेका छन्। अइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामाा भएको दुवै टिमले १–१ गोलको बराबरी खेलेका हुन्।

शनिबार रोकिएको हिमालयन र आर्मीबीचको बाँकी खेल आइतबार भएको हो । शनिबार भारी वर्षा र चट्याङको कारण हिमालयन र आर्मीबीचको खेल ७१औं मिनेटमा रोकिएको थियो । त्यहिँ समयबाट आइतबार दुई टोलीबीचको खेल भएको हो ।

खेलमा नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५५ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।बराबरीसँगै हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ । आर्मीले १३ खेलमा २० अंक जोडेको छ ।

त्यस्तै एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा जावलाखेलले संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको छ । खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा जावलाखेलले अंक बाड्नु परेको हो ।

फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । तर, खेलको ७३ औं मिनेटमा निशान खड्काले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

संकटा र जावलाखेलबीच ५१ मिनेटपछिको खेल आइतबार भएको हो । शनिबार च्यासल मैदानमा भारी वर्षा र चट्याङको कारण संकटा र जावलाखेलबीचको खेल स्थगित भएको थियो ।  यस बराबरीसँगै जावलाखेलले १३ खेलमा २४ अंक जोडेको छ । संकटाले १३ खेलमा १६ अंक जाडेको छ।

प्रकाशित मिति: २०:४१ बजे, आइतबार, वैशाख १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्