Kathmandu Press

रिलेमा सुदूरपश्चिमको कीर्तिमान

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चन्द्र बोहरा, अमित आउजी, कविर कामी र सुक्विर पोखरेल सम्मिलित सुदूरपश्चिमको टोलीले तीन मिनेट ३१ सेकेन्डमा निर्धारित दूरी तय गर्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रचेको हो।
रिलेमा सुदूरपश्चिमको कीर्तिमान

काठमाडाैं, वैशाख १७ : सुदूरपश्चिम प्रदेशले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र चार गुणा चार सय मिटर रिलेमा आज जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चन्द्र बोहरा, अमित आउजी, कविर कामी र सुक्विर पोखरेल सम्मिलित सुदूरपश्चिमको टोलीले तीन मिनेट ३१ सेकेन्डमा निर्धारित दूरी तय गर्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रचेको हो।

लुम्बिनी प्रदेशका सिमन पाण्डे, लेखनाथ महरा, बेद ओली र श्रवण केवतले २०७६ सालमा स्थापित गरेको तीन मिनेट ३२ दशमलव तीन सेकेन्डको कीर्तिमान सुदूरपश्चिमले भङ्ग गरेको हो। प्रतियोगितामा योसहित जम्मा तीन जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन्। 

अघिल्लो दिन लुम्बिनीका सुदीप थारुले छात्र लङजम्प तथा सुदिप नै सम्मिलित सुजल डाँगी, तुलसीराम थारु र रोशन थारुको टोलीले चार गुणा एक सय मिटर रिलेमा कीर्तिमान बनाएका थिए।

छात्रा चार गुणा चार सय मिटर रिलेमा लुम्बिनीले स्वर्ण, सुदूरपश्चिमले रजत तथा कर्णालीले कांस्य पदक जिते। त्यस्तै छात्र दुई सय मिटर दौडमा लुम्बिनीका सुजल डाँगीले स्वर्ण जिते। उनले निर्धारित दूरी २३ सेकेन्डमा पूरा  गरे। सुजलले योसहित प्रतियोगितामा एक कीर्तिमानीसहित तीन स्वर्णपदक हात पारे। उनले एक सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए।

यसैगरी तीन हजार मिटर दौडमा सुदूरपश्चिमका अमित आउजी पहिलो भए। उनले निर्धारित दूरी तय गर्न नौ मिनेट २८ दशमलव एक सेकेन्ड समय खर्चे। ट्रिपलजम्पमा कोशीका राजीव ढुंगाना ९१३ दशमलव ५० मिटर० तथा सटपुटमा कर्णालीका धीरेन्द्र विक ९१२ दशमलव शुन्य नौ मिटर० ले शीर्ष स्थान हात पारे।

छात्रा दुई सय मिटर दौडमा लुम्बिनीकी रेसु चौधरी २८ सेकेन्ड समयसाथ पहिलो स्थानमा रहिन। रेसुले ट्रिपलजम्पमा पनि (१० दशमलव १४ मिटर) स्वर्ण जितिन। रेसुले प्रतियोगितामा तीन व्यक्तिगतसहित चार स्वर्ण चुमिन्। रेसुले एक सय मिटर दौड र चार गुणा एक सय मिटर रिलेमा पनि स्वर्ण जितेकी थिइन्। 

तीन हजार मिटर दौडमा लुम्बिनीकी मोतीकला डाँगी दूरी ११ मिनेट २४ दशमलव पाँच सेकेन्डमा पूरा गर्दै पहिलो भइन्। सटपुटमा बागमतीकी अप्सरा श्रेष्ठ ९आठ दशमलव ६२ मिटर० ले स्वर्ण हात पारिन्।

एथलेटिक्समा लुम्बिनीको वर्चस्व रह्यो। जम्मा २६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा लुम्बिनीले १६ स्वर्णपदकमा कब्जा ग¥यो। कर्णालीले तीन, बागमती, सुदूरपश्चिम र गण्डकीले समान दुई÷दुई तथा कोशीले एक स्वर्ण जिते। 

प्रकाशित मिति: १६:५२ बजे, आइतबार, वैशाख १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्