Kathmandu Press

जमैकाको समुद्री तटमा ७ दशमलव ७ रेक्टरको भूकम्प, सुनामीको चेतावनी 

काठमाडौं, माघ १५ : अमेरिकाको दक्षिण क्षेत्रमा पर्ने मुलुक जमैकाको समुद्री तटलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।....

जमैकाको समुद्री तटमा ७ दशमलव ७ रेक्टरको भूकम्प, सुनामीको चेतावनी 

काठमाडौं, माघ १५ : अमेरिकाको दक्षिण क्षेत्रमा पर्ने मुलुक जमैकाको समुद्री तटलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्प लगत्तै दक्षिण अमेरिकाका कतिपय देशहरुमा ठूलो सुनामी आउने भन्दै उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ ।अमेरिकाको राष्ट्रिय भूगर्भ विभागका अनुसार, सो शक्तिशाली भूकम्पको झट्का अमेरिकाको मायामी र क्युवाको हवानासम्म महसुस गरिएको थियो ।

Hardik ivf

अमेरिकी समयअनुसार जनवरी २८ मंगलबार दिउंसो २ बजेर ४५ मिनेटको आसपासमा गएको भूकम्पका कारण जमैका र आसपासका समुद्री क्षेत्रमा ३ मिटर उचाइसम्मको शक्तिशाली सुनामी लहर आउने मौसम विभागले जानकारी दिएको सीएनएनले आफ्नो वेभसाइटमा लेखेको छ । सीएनएनका अनुसार, सुनामीले जमैका, क्युवा, होण्डुरस, मेक्सिको र केम्यान आइल्याण्ड बढी प्रभावित हुन सक्नेछन् ।

भूकम्पको क्षतिको विवरण प्राप्त हुन बांकी रहेको अमेरिकी समाचार संस्थाहरुले लेखेका छन् । तर, अमेरिकाको मायामीमा कतिपय अग्ला भवनहरु खाली गरिएको एनबीसीको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति: ०७:१४ बजे, बुधबार, माघ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्