Kathmandu Press

सभामुख सापकोटाको नियुक्ति बदर माग सर्वोच्चबाट अस्विकार, ज्यान मुद्दाकाे अवस्था के छ? 

काठमाडौं, माघ १४ : सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

अधिवक्ता दिनेश त्रिपाठीले सत्....

सभामुख सापकोटाको नियुक्ति बदर माग सर्वोच्चबाट अस्विकार, ज्यान मुद्दाकाे अवस्था के छ? 

काठमाडौं, माघ १४ : सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

अधिवक्ता दिनेश त्रिपाठीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि त्यसलाई रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए। 

Hardik ivf

मंगलबार न्यायधीश सपना प्रधान मल्लको एकल इजलाशले सभामुख सापेकाटा विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन नपर्ने आदेश गरेको हो। 

सर्वोच्चले सिन्धुपाल्चोक छत्रेबाँझका अर्जुन लामाको हत्यामाथिको अनुसन्धान स्थितिबारे भने सरकारलाई प्रश्न गरेको छ। नवनिर्वाचित सभामुख अग्नि सापकोटाले लामाको हत्या गरेको आरोप लागेको थियो। आदेशमा अर्जुन लामाको हत्या अनुसन्धान थाल्न र त्यसको प्रतिवेदन १५ र१५ दिनमा आफूकहाँ बुझाउन यसअघि सर्वोच्चले गरेको आदेशको अवस्थाबारे पनि सरकारलाई प्रश्न गरेको छ। 

प्रकाशित मिति: १८:४० बजे, मंगलबार, माघ १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्