पर्यटन बोर्डको सीइओमा धनन्जय रेग्मी नियुक्त
काठमाडौं, माघ १४ : नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा डा. धनञ्जय रेग्मी नियुक्त भएका छन।
मंगलबार बसेको नेपाल पर्यटन बोर्....

काठमाडौं, माघ १४ : नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा डा. धनञ्जय रेग्मी नियुक्त भएका छन।
मंगलबार बसेको नेपाल पर्यटन बोर्ड सञ्चालक समितिकाे बैठकले सिइओमा रेग्मीलाई नियुक्ति गर्ने निर्णय गरेको हो। समितिले उपसमितिले सिफारिस गरेका तीन जनामध्यबाट रेग्मीलाई आगामी चार बर्षको लागि बोर्डको सीइओमा छनोट गरेको हो।
गत पुस ७ गते तत्कालीन सीइओ दिपकराज जोशीको कार्यकाल सकिएपछि बोर्ड नेतृत्वबिहीन भएको थियो। एक महिनापछि बोर्डले सीइओ पाएको हो।
पर्यटन बोर्डले खुला प्रस्पिर्धाका आधारमा १७ जना आवेदकबाट छनोटको विभिन्न चरण पुरा गरेर अन्तिम तीन् जना मध्य रेग्मीलाई छनोट गरेको हो।
छनोट उपसमितिले ९ जनाको नाम सटलिस्टीङ भएकाबाट सिइयो नियुक्तिका लागि रेग्मी सहित हिक्मत सिंह ऐर र दीपक बाँस्कोटाको नाम सिफारिस गरेको थियो।
सिइयो नियुक्त रेग्मी हिमाली भूवैज्ञानिक तथा हिमनदीका विज्ञ हुन्। लामो समयदेखी पर्यटन क्षेत्रलाई आधार बनाएर अध्ययन अनुसन्धानमा रहेका रेग्मीले सन् २००६ मा जापानको सापोरो स्थित होकाइदियो विश्वविद्यालयबाट ‘माउन्टेन इन्भारोमेन्टल जिओ साइन्स एण्ड जिओलोजिकल’ विषयमा विद्यावारिधि गरेका हुन्।











