Kathmandu Press

बेन्जिमाको ह्याट्रिकमा रियलको जित

शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले बेन्जिमाको ह्याट्रिक मद्दतमा अल्मेरियालाई ४ २ को जित निकाल्यो।
बेन्जिमाको ह्याट्रिकमा रियलको जित

काठमाडाैं, वैशाख १७ : फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले बेन्जिमाको ह्याट्रिक मद्दतमा अल्मेरियालाई ४-२ को जित निकाल्यो।

पाचौं मिनेटमा भिनिसियसको पासमा गोल गर्दै बेन्जिमाले रियललाई सुरुआती अग्रता दिलाए। १७औं मिनेटमा बेन्जिमाले रियलको अग्रता दोब्बर बनाए । यो पटक उनले रोड्रिगोको पासमा गोल गरे।

४२औं मिनेटमा बेन्जिमाले आफ्नो ह्याट्रिक पुरा गरे। उनले लुकास भास्क्वेसलाई डिबक्समा लडाएपछि प्राप्त पेनाल्टीमा गोल गरेका थिए। अप्रिलमा मात्रै बेन्जिमाको यो तेस्रो ह्याट्रिक हो। यसअघि उनले अप्रिल २मा भालाडोलिड र अप्रिल ५ मा बार्सिलोनासँग ह्याट्रिक गरेका थिए।

पहिलो हाफको इन्जुरी समयमा लाजारोले गोल गर्दै अल्मेरियालाई खेलमा फर्काउने प्रयास गरे। तर, दोस्रो हाफको सुरुआतमै रियलले गोल थप्यो। उसका लागि रोड्रिगोले ड्यानी सेबायोसको पासमा गोल गरेका थिए।

६१औं मिनेटमा अल्मेरियाका लुकास रोबर्टोनेले गोल गोल गर्दै खेललाई ४-२ मा ल्याए। तर, त्यसपछि गोल नहुँदा रियल विजयी भयो।

यो जितपछि रियल ६८ अंकसहित दोस्रो स्थानमा छ भने अल्मेरियोन ३३ अंकसहित १५औं स्थानमा छ।

प्रकाशित मिति: ०८:०७ बजे, आइतबार, वैशाख १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्