Kathmandu Press

भारत–पाकिस्तानसँग एसिया कप खेल्न नेपालले युएईको चुनौती पन्छाउनु पर्ने

भारत र पाकिस्तानसँग एसिया कप क्रिकेट खेल्न नेपालले सोमबार टियू मैदानमा युएईको चुनौती पन्छाउनु पर्नेछ।
भारत–पाकिस्तानसँग एसिया कप खेल्न नेपालले युएईको चुनौती पन्छाउनु पर्ने

काठमाडाैं, वैशाख १६ : भारत र पाकिस्तानसँग एकदिवसीय क्रिकेट खेल्न नेपाल एक कदममात्र पछि छ। भारत र पाकिस्तानसँग एसिया कप क्रिकेट खेल्न नेपालले सोमबार टियू मैदानमा युएईको चुनौती पन्छाउनु पर्नेछ।

यदि सोमबार युएईलाई हराउन सके नेपाल पहिलो पटक एसिया कपमा छनोट हुनेछ र भारत–पाकिस्तानसँग क्रिकेट खेल्ने वर्षौंदेखिको सपना साकार हुनेछ।

नेपाल र युएई दुवै एसिया कप छनोटका रुपमा रहेको एसिसी प्रिमियर कपको फाइनलमा पुगेका छन्। शनिबार कीर्तिपुर मैदानमा भएको कुवेतविरुद्धको सेमिफाइनल वर्षका कारण बीचमै रोकिएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनका आधारमा फाइनल पुगेको हो।

यता, मुलपानी क्रिकेट मैदानमा भएको वर्षा प्रभावित खेलमा ओमानलाई डिएल मेथडमा २ रनले हराउँदै युएई फाइनलमा पुगेको हो।

प्रकाशित मिति: १७:२४ बजे, शनिबार, वैशाख १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्