Kathmandu Press

डिएल मेथडमा विजयी हुँदै युएई फाइनलमा, ओमान बाहिरियो

शनिबार मुलपानी क्रिकेट मैदानमा भएको वर्षाले प्रभावित खेलमा डिएल मेथडमा ओमानलाई २ रनले हराउँदै युएई फाइलनमा पुगेको हो।
डिएल मेथडमा विजयी हुँदै युएई फाइनलमा, ओमान बाहिरियो

काठमाडाैं, वैशाख १६ : युएई नेपालमा जारी एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। शनिबार मुलपानी क्रिकेट मैदानमा भएको वर्षाले प्रभावित खेलमा डिएल मेथडमा ओमानलाई २ रनले हराउँदै युएई फाइलनमा पुगेको हो।

अब सोमबार हुने फाइनलमा युएईले नेपालसँग फाइनल खेल्ने छ।

युएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेटको क्षतिमा १९० रन बनाउँदा खेल वर्षले रोकिएपछि युएई डिएल मेथडमा विजयी भएको हो।

पछिल्लो १० बलमा ३ विकेट गुमाएपछि ओमान अभागी भन्यो, २ रनले पराजित हुँदै फाइनल पुग्न असफल भयो। ४१औं ओभरको तेस्रो बलमा जाहुर खानले आमानका कप्तान जिसन मक्सुदको विकेट लिनु नै युएईका लागि भाग्यमानी बन्यो।

ओमानका लागि कश्यप प्रजापतिले ४९, जतिन्द्रर सिंहले ४२ र कप्तान जिसन मक्सुदले ४० रन बनाए। युएईका कार्तिक्य मयप्पनले ३ तथा बासिल हामिदले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको युएईले ४९.२ ओभरमा अलआउट हुँदै २३६ रन बनायो। उसका लागि मुहम्मद वासिमले सर्वाधिक ४८ रन बनाए भने रमिजले ४६ रन बनाए।

ओमानका बिलाल खान र जिसन मक्सुदले ४ विकेट लिए।

प्रकाशित मिति: १७:०९ बजे, शनिबार, वैशाख १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्