गायिका आस्था राउत चार हजार धरौटीमा रिहा
काठमाडौं, माघ १४ : गायिका आस्था राउत धरौटीमा रिहा भएकी छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गर्न आदेश दिएको हो।
मंगलबार प्रम....

काठमाडौं, माघ १४ : गायिका आस्था राउत धरौटीमा रिहा भएकी छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गर्न आदेश दिएको हो।
मंगलबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका हुन्। उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा धरौटीमा छाडिएको हो।
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मंगलबार नै काठमाडौं जिल्ला प्रशासन कार्यालयका उनीविरुद्ध अभियोगपत्र दर्ता गरिएको थियो।
माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठसँग गायिका रावतको भनाभन भएको थियो। प्रहरीले त्यसकै आधारमा अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाएको हो।
उनी सोमबार बिहान आफै प्रहरीमा उपस्थित भएकी थिइन्। प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयबाट चार दिनको म्याद लिएको थियो।
उनलाई सामान्य भनाभनमा प्रहरीले यातना दिन खोजेको भन्दै चर्को विरोध भइरहेको छ। प्रहरीले अधिकारको दुरुपयोग गरेको भन्दै संसदमा समेत यो विषय उठेको छ।
आज राष्ट्रिय सभा बैठकमा सांसद कोमल वलीले यो विषय उठाएकी थिइन्। प्रहरीले अधिकार दुरुपयोग गरेर सताएको जिकिर गरेकी थिइन्।











