Kathmandu Press

रोहित र कुशलको अर्धशतकमा नेपालले दियो कुवेतलाई २८२ रनको लक्ष्य

वर्षाले प्रभावित भएपछि ४२ ओभरमा झारिएको खेलमा रोहित पौडेल र कुशल मल्लाको अर्धशतक मद्दतमा नेपालले कुवेतपविरुद्ध ९ विकेटको क्षतिमा२८१ रन बनायो।
रोहित र कुशलको अर्धशतकमा नेपालले दियो कुवेतलाई २८२ रनको लक्ष्य

काठमाडाैं, वैशाख १६ : घरेलु मैदानमा जारी एसिसी प्रिमियर कपको फाइनल पुग्ने नेपालले २८२ रनको लक्ष्य डिफेन्ड गर्नुपर्ने भएको छ।

वर्षाले प्रभावित भएपछि ४२ ओभरमा झारिएको खेलमा रोहित पौडेल र कुशल मल्लाको अर्धशतक मद्दतमा नेपालले कुवेतपविरुद्ध ९ विकेटको क्षतिमा२८१ रन बनायो।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सानदार ब्याटिङ गरे। उनले ९५ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ९४ रन बनाए ।

यस्तै, युवा अलराउन्डर कुशल मल्लले पनि अर्धशतक बनाए। उनले ४४ बलमा समान समान ४ चौका र छक्का प्रहार गर्दै ५७ रन बनाए। यी दुईले चौथो विकेटका लागि १०९ रनको साझेदारी गरेपछि नेपालले ठूलो योगफल बनाएको हो।

त्यसअघि नेपाललाई ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले राम्रो सुरुआत दिए। उनीहरुले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए।

कुशलले ३९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाउँदा आसिफले २८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन बनाए। भीम सार्की ४ बलमा १ रन बनाएर आउट भए।

कुवेतका अदन इद्रिस र मोहम्मदल अस्लमले समान ३ विकट लिए।

प्रकाशित मिति: १४:२९ बजे, शनिबार, वैशाख १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्