Kathmandu Press

मुलपानीमा पहिलो एकिदवसीय खेल हुँदै

एसिसी प्रिमियर कप अन्तर्गत शनिबार हुने ओमान र युएईबीचको सेमिफाइनल खेल मुलापानीको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ।
मुलपानीमा पहिलो एकिदवसीय खेल हुँदै

काठमाडाैं, वैशाख १६ : मुलपानीको माथिल्लो क्रिकेट मैदानमा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुँदैछ।

एसिसी प्रिमियर कप अन्तर्गत शनिबार हुने ओमान र युएईबीचको सेमिफाइनल खेल मुलापानीको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ।

क्यानका अनुसार ओमान र युएई एकदिवसीय मान्यताप्राप्त टिम भएकाले दुई बीच हुने खेललाई पनि एकदिवसीय मान्यता प्रदान हुनेछ।

यसअघि मुलपानीमा समूह चरणका १० खेल भए पनि कुनै पनि खेल एकदिवसीय मान्यता प्राप्त थिएनन्। तर शनिबार एकदिवसीय मान्यताप्राप्त दुई टिम भिड्ने भएसँगै मैदानले पनि एकदिवसीय मान्यता पाउने भएको हो।

योसँगै नेपालमा २ वटा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मैदान भएका छन्। यसअघि सन् २०२० मा त्रिवि मैदानले एकदिवसीय मान्यता पाएको थियो।

युएई समूह बीको विजेताका रुपमा सेमिफाइनल पुगेको हो भने ओमान समूह एको उपविजेता हो।

प्रकाशित मिति: ०७:५५ बजे, शनिबार, वैशाख १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्