Kathmandu Press

फाइनल प्रवेशका लागि कुवेतसँग भिड्दै नेपाल

पछिल्लो ३ महिना यता माथिल्लो स्तरको क्रिकेट खेलिरहेको नेपाल कुवेतपविरुद्ध पनि त्यस्तै प्रदर्शन गर्दै पहिलो पटक एसिया कप क्रिकेट खेल्ने सपनालाई एक कदम नजिक बनाउन चाहन्छ।
फाइनल प्रवेशका लागि कुवेतसँग भिड्दै नेपाल

काठमाडाैं, वैशाख १६ : घरेलु मैदानमा जारी एसिसी प्रिमियर कपको सेमिफाइलनमा नेपालले आज सरप्राइज प्रदर्शन गरिरहेको कुवेतको सामना गर्दै छ। खेल कीर्तिपुरस्थित टियू मैदानमा बिहान ९ बजे सुरु हुनेछ।

नेपाल प्रतियोगितामा अपराजित एकमात्र टिम हो। पछिल्लो ३ महिना यता माथिल्लो स्तरको क्रिकेट खेलिरहेको नेपाल कुवेतपविरुद्ध पनि त्यस्तै प्रदर्शन गर्दै पहिलो पटक एसिया कप क्रिकेट खेल्ने सपनालाई एक कदम नजिक बनाउन चाहन्छ।

नेपाल समूह एको विजेताका रुपमा सेमिफाइनल पुगेको हो भने कुवेत समूह बीको उपविजेता रुपका नेपालसँग भेट पक्का गरेको थियो। नेपालले समूहका ४ खेलमध्ये ३ खेल जित्दा एक खेल वर्षका कारण रोकिएको थियो। यता, कुवेतले भने ३ खेल जितेको थियो। उसले अन्तिम खेलमा हङकङलाई हराउँदै नेपालसँगको भेट पक्का गरेको थियो।

नेपाल र कतार ११ वर्षपछि आपसमा भिड्न लागेका हुन्। छिल्लो पटक नेपाल र कुवेतबीच सन् २०१२ को अक्टोबरमा एसिसी ट्रफीको खेलमा प्रतिस्पर्धा भएको थियो। कप्तान पारस खड्काले शतक बनाएको सो खेलामा नेपाल ४ विकेटले पराजित भएको थियो।

नेपालका लागि कुवेत ठूलो प्रतिद्वन्द्वी नभएपछि प्रतियोगितामा सरप्राइज प्रदर्शन गरिरहेका कुवेतसँग सचेत भने हुनुपर्ने छ। नेपालले प्रतियोगितामा बल र ब्याट दुवैमा राम्रो प्रदर्शन गरिरहेको छ। तर, नेपालको ओपनिङ जोडी भने प्रतियोगितामा चल्न सकेको छैन। ओपनर चले त्यो नेपालका फाइनलका लागि प्लस पोइन्ट हुनेछ।

 

प्रकाशित मिति: ०६:५५ बजे, शनिबार, वैशाख १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्