Kathmandu Press

यू–१७ एसियन कप छनोट : जोर्डनमाथि नेपालको सानदार जित

शुक्रबार साँझ भएको खेलमा नेपाली युवा टिमले आयोजक जोर्डनमाथि ४–१को सानदार जित निकाल्यो।
यू–१७ एसियन कप छनोट : जोर्डनमाथि नेपालको सानदार जित

काठमाडाैं, वैशाख १५ : एएफसी यू–१७ महिला एसियन कप छनोटमा नेपालले सानदार जित निकालेको छ। शुक्रबार साँझ भएको खेलमा नेपाली युवा टिमले आयोजक जोर्डनमाथि ४–१को सानदार जित निकाल्यो।

यो जितसँगै छनोट अघिल्लो चरण पुग्ने नेपालको सम्भावना कायमै छ। तीन टिम सहभागी समूहको अन्तिम खेलमा अब जोर्डन र इरानबीच हुने छ। यो खेल इरानले जिते नेपाल समूह विजेता बन्दै अघिल्लो चरण पुग्ने छ।

खेल बराबरी या इरानले जिते उ नै अघिल्लो चरण पुग्ने छ। यसअघि पहिलो खेलमा नेपाल अन्तिम समयमा गोल खाँदा इरानसँग १–० ले पराजित भएको थियो।

अर्को वर्ष इन्डोनेसियामा प्रतियोगितामा आयोजक इन्डोनेसियासँगै २०१९ मा भएको प्रतियोगिताको विजेता जापान, उपविजेता उत्तर कोरिया र तेस्रो भएको चीन भने सिधै छनोट भइसकेका छन्।

प्रकाशित मिति: २१:३२ बजे, शुक्रबार, वैशाख १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्