Kathmandu Press

एपिएफ र फ्रेन्ड्सले खेले बराबरी

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
एपिएफ र फ्रेन्ड्सले खेले बराबरी

काठमाडाैं, वैशाख १४ : सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम एपिएफ र ललितपुरे क्लब फ्रेन्ड्सले बराबरी खेलेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलमा अग्रता एपिएफका प्रदीप लामाले गोल गरे भने फ्रेन्ड्सका राफिक अमिनले गोल गरे। खेलमा दुवै हाफमा १ गोल भएको थियो।

२७औं मिनेटमा प्रदीपको गोलमा खेलमा एपिएफले सुरुआती अग्रता लियो। पहिलो हाफ १–०मै सकियो। ५२औं मिनेटमा राफिकले गोल गर्दै खेलालाई १–१को बराबरीमा ल्याए। तर, त्यसपछि गोल नहुँदा दुवै टिम अंक बाँड्न बाध्य भए।

बराबरीपछि एपिएफ १८अंक जोडेर छैटौं स्थानमा छ भने फ्रेन्ड्स १५ अंक जोडेर १० औं स्थानमा छ।

प्रकाशित मिति: १७:३१ बजे, बिहीबार, वैशाख १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्