Kathmandu Press

सेमिफाइनलमा नेपालको भेट कुवेतसँग

समूह बीको अन्तिम खेलमा हङकङलाई कुवेत उपविजेताका रुपमा सेमिफाइनल पुगेसँगै नेपाल र कुवेतको भेट पक्का भएको हो।
सेमिफाइनलमा नेपालको भेट कुवेतसँग

काठमाडाैं, वैशाख १४ : एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ। समूह बीको अन्तिम खेलमा हङकङलाई कुवेत उपविजेताका रुपमा सेमिफाइनल पुगेसँगै नेपाल र कुवेतको भेट पक्का भएको हो।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा बलियो हङकङमाथि ३० रनको जित निकाल्दै कुवेत प्रिमियर कपको सेमिफाइनलमा पुगेको हो। कुवते पहिलो सहभागीगतामै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

नेपाल भने आजै टियू मैदानमा भएको लोस्कोरिङ म्याचनमा कतारलाई हराउँदै समूहको विजेताका रुपमा सेमिफाइनल पुगेको हो। दुई बीचको सेमिफाइनल शनिबार टियू मैदानमा हुने छ। यस्तै, अर्को सेमिफाइनलमा समूह एको उपविजेता ओमान र समूह बीको विजेता युएई भिड्ने छन्।

मुलपानीमा कुवेतले दिएको २७३ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ओभरमा अलआउट हुँदै २४२ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान निजकान्त खानले सर्वाधिक ६० रन बनाए । नउले ९७ बलमा १ चौका र २ छक्का प्रहार गरे।

यस्तै, अजिज खानले ५५ बलमा ४९ रन बनाउँदा यासिम मुर्ताजाले ४३ बलमा ४३ रन बनाए भने जिशम अलीले २४ रन बनाए। दुई स्टार ब्याट्समायन बाबर हायत र अंशुमन रथ सस्तैमा आउट भएपछि हङकङ दबाबमा परेको थियो। बाबर शुन्य रनमा आउट भए भने अंशुमनले १३ रन मात्र बनाउन सके।

कुवेतका लागि साहरुख कुदुसले ३ तथा यासिन पटेलले २ विकेट लिए। यस्तै, सायद मोनिब, मोहम्मद अस्लम र अदन इड्रेसले मासन १ विकेट लिए।

त्यसअभि पहिला ब्याटिङ गरेको कुवेतले ८ विकेटको क्षतिमा १७२ रन बनायो । उसका लागि शिराज खान र उसमान पटेलले अर्धशतकीय इनिङ खेले। शिराजले ९५ ब लमा ४ चौका र १ छक्का प्रहार गर्दै ६७ रन बनाए भने उसमानले ४८ बलमा ६ चौका र १ छक्का मद्दछमा ५० रन बनाए।

यस्तै, ओपनर अनद इड्रेसले ४५, कप्तान मुहम्मद अस्लमले ३२ र सायद मोनिबले ३१ रनको महत्वपूर्ण योगदान दिए। हङकङका इशान खानले ३ विकेट लिए।

 

प्रकाशित मिति: १७:१९ बजे, बिहीबार, वैशाख १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्