Kathmandu Press

अलमुताइरी बने अफगानिस्तानका मुख्य प्रशिक्षक

अल्मुतारीलाई प्रशिक्षक नियुक्त गरेसँगै अफगानिस्तानले उत्कृष्ट खेलाडी छनोट गर्न काबुलबाट राष्ट्रिय टिमको प्रशिक्षण शिविर सुरु गर्ने जनाएको छ।
अलमुताइरी बने अफगानिस्तानका मुख्य प्रशिक्षक

काठमाडाैं, वैशाख १४ : नेपाली राष्ट्रिय टिमका पूर्व मुख्यप्रशिक्षक अब्दुल्ला अलमुताइरी फगानिस्तानको मुख्य प्रशिक्षक बनेका छन्। अल्मुताइरीले दोस्रो पटक राष्ट्रिय टिमको जिम्मेवारी पाएका हुन्।

अफगानिस्तान फुटबल फेडेरेसनले फेसबुकमाफृत अल्मुताइरीलाई मुख्य प्रशिक्षक बनाएको जनाएको छ। अल्मुतारीलाई प्रशिक्षक नियुक्त गरेसँगै अफगानिस्तानले उत्कृष्ट खेलाडी छनोट गर्न काबुलबाट राष्ट्रिय टिमको प्रशिक्षण शिविर सुरु गर्ने जनाएको छ।

अल्मुताइरीले १ वर्ष नेपाली टिमको मुख्य प्रशिक्षका रुमपा काम गरेका थिए। एन्फा र खेलाडीसँगको विवादपछि उनले नेपाली टिम छाडेका थिए।

उनको प्रशिक्षमा नेपालल साफ च्याम्पियनसिपको फाइनलसम्म पुगेको थियो । पहिलो पटक फाइलनमा नेपाल भारतसँग पराजित भएको थियो। उनको प्रशिक्षमा नेपालले १९ खेलमा ५ जित, २ बराबरी र १२ हारको सामाना गरेको थियो।

प्रकाशित मिति: १२:४२ बजे, बिहीबार, वैशाख १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्