सन्दीप र ललितको सम्हालिएको इनिङ, कतारविरूद्ध नेपालले कटायो १५० रन
सन्दीप लामिछाने र ललित राजवंशीले सम्हालिएको इनिङ खेलेपछि नेपालले १५० रन कटाएको हो।
काठमाडाैं, वैशाख १४ : २८ ओभरमा १११ रन बनाउँदा ९ विकेट गुमाएको नेपालले कीर्तिपुरस्थित टियू मैदानमा १५० रन कटाएको छ। सन्दीप लामिछाने र ललित राजवंशीले सम्हालिएको इनिङ खेलेपछि नेपालले १५० रन कटाएको हो।
३७ ओभरको समाप्तिमा नेपालले १५२ रन बनाएको छ। सन्दीप ३८ रन बनाएर खेलिरहेका छन्। उनले ४४ बलमा ६ चौका प्रहार गरेका छन्। सन्दीपको यो करिअरकै सर्वाधिक रन हो। ललितले १० बलमा १ रन बनाएर उनलाई साथ दिइरहेका छन्।
यी दुई १०औं किवेटका लागि ४१ रनको महत्वपूर्ण साझेदारी गरेका छन्।
एसिसी प्रिमियर कपको समूहको अन्तिम खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २७, आसिफ सेखले १९, दीपेन्द्रसिंह ऐरीले १२ र सोमपाल कामी र आरिफ सेखले समान ११ रन बनाए।
नेपालको इनिङ धरासायी बनाउने क्रममा कतारका ओइस अहमेद र अमिर आफूकले समान ३ विकेट लिँदा गायन मुनाविराले २ विकेट लिए।
नेपाल यो खेल अघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको छ।











